
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेकपा एमालेले समर्थ नगरिरहेका बेला आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न काँग्रेसका सभापति शेरबहादुर देउवाले सानदार बहुमत पाएका छन् । देशको ४० औं प्रधानमन्त्री बन्नका लागि देउवालाई भारी बहुमत देखिएको हो ।
पछिल्लोपटक देउवालाई समर्थन गर्नेमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम पनि थपिएको छ । योसँगै ३६७ अर्थात करिब ६२ प्रतिशत सांसदको समर्थन देउवालाई देखिएको छ ।
देउवालाई प्रधानमन्त्री बन्न २९८ सांसदको समर्थन भए पुग्छ । तर, देउवालाई अब कांग्रेसका २०७, माओवादीका ८२, राप्रपाका ३७, नेपाल लोकतान्त्रिक फोरमका १७, संघीय समाजवादी फोरम नेपालका १५, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसद गरी ३६७ जना सांसदको समर्थन छ । २४ जना सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवाले समर्थन गर्ने ग्रिन सिग्नल दिएको छ । अहिले संसदमा ५९३ सांसद छन्।
आइतबार नै प्रधानमन्त्रीको निर्वाचन तय गरिएको थियो । तर, एमालेसँगको छलफलपछि मंगलबारसम्मका लागि सारिएको छ । अनेक आशंका कायमै रहेका बेला अन्ततः देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई झण्डै दुई तिहाई सांसदको समर्थन मिलेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्