
काठमाडौं । औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघले औषधिको अब केही दिनमा नै अभाव हुन्छ भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले राष्ट्रिय औषधी नीति २०५१, औषधी पैठारी नीति २०७१ र राष्ट्रिय स्वास्थ्य नीति २०७१मा उल्लेख भएका व्यवस्था अनुसार नेपाली औषधि उद्योगलाई प्रवर्दन गरी सम्भव भएका औषधिहरुमा आत्मनिर्भर भई उचित मूल्यमा उच्च गुणस्तरको औषधि सर्वसाधारणलाई उपलव्ध गराउने उद्धेश्यका साथ औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठित विज्ञ समितिले दिएको प्रतिवेदनलाई स्वास्थ्य मन्त्रालयले कार्यान्वयन प्रक्रियामा लगेको अवस्थामा आएका यस्ता हल्लाहरुमा कुनै सत्यता नरहेको बताएको हो ।
संघले नेपाली औषधी उत्पादकहरुले औषधि व्यवस्था विभागले जारी गरेको विभिन्न अन्तर्राष्ट्रिय कार्यविधी, मापदण्ड र मानकहरुलाई पालना गर्दै उच्च गुणस्तरीय औषधि उत्पादन गरी उचित मूल्यमा बजारीकरण गर्दै आएका र नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ती व्यवस्था महाशाखाको नियम बमोजिम नेपाल सरकारबाट बोलपत्रमा माग भएका औषधिहरु पनि आपूर्ति गर्दै आएको जनाएको छ ।
तर, हालै आपूर्ती व्यवस्था महाशाखाले नेपालमा औषधि उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थमा औषधि सम्वन्धी गुणस्तरको नियमन गर्ने नेपालकै एक मात्र निकाय औषधि व्यवस्था विभागले तोकेको मापदण्ड भन्दा फरक रही बोलपत्र आह्वान गरेका कारणबाट उक्त कच्चा पदार्थ पुनस् आयात गर्न केही अतिरिक्त दिन मात्र लाग्ने भएतापनि नेपाल औषधी उत्पादक संघबाट विक्री गर्ने औषधिको नियमित आपूर्तीमा कुनै प्रकारको ढीलाई र व्यवधान नहुने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।
संघले भूकम्प र नाकाबन्दीको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गराउँदै सरकारले चाहेको बेलामा कुनै पनि किसिम र प्रकारका औषधीहरु उपलव्ध गराउन आफूहरु सक्षम रहेको पनि प्रष्ट पारेको छ। नेपाली औषधि उत्पादकहरुसँग एक वर्षसम्म पुग्ने औषधी मौजाद रहेको र कम्तिमा ९० दिनलाई पुग्ने कच्चा पदार्थ समेत रहेकोले यसका अतिरिक्त कुनै विशेष औषधिको माग भएको अवस्थामा संघका तर्फबाट कुनैपनि औषधिको अभाव नहुने प्रतिवद्धता पनि संघले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्