Skip to content
LAXMI SUNRISE BANK

म्यादी प्रहरीको रहस्यमय मृत्यु, प्रेमिकासहित तीन पक्राउ !

अर्थ सरोकार

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका ९ को सामुदायिक वनको जंगलमा एक म्यादी प्रहरी मृत अवस्थामा भेटिएका छन् । गएराति आफ्नी प्रेमिकासहित चार जनाको समूहमा आएकामध्ये हसुलीयाका अशोक चौधरी मृत भेटिएका हुन।
साथीले जनावरलाई भगाउनका लागि राखेको पासोमा परेर ज्यान गएको बताए पनि घटना रहस्यमय भएको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। उनकी प्रेमिका ममता चौधरीसहित तीनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK