
काठमाडौं – प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार पार्टी मुख्यालयमा बसेको बैठकले सत्ता समीकरणका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । सभापति देउवाले सत्तासमीकरण बलियो बनाउन पार्टीका तर्फबाट नेताहरू विमलेन्द्र निधि र रमेश लेखकलाई खटाएका छन् । राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तासहितका विषयमा प्रतिबद्धता आएपछि देउवालाई समर्थन गर्ने संकेत दिएको छ ।
कांग्रेसले आज सहयोगको अपिल गर्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्रीमा पार्टी सभापति देउवालाई सहयोग गर्न अन्य दललाई अपिल गर्ने भएको छ । २९ सदस्यीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । संसदमा रहेका दलहरुलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह औपचारिक आग्रह गरिने केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘बहुमतको लागि पहिलेकै गठबन्धन छ । अझै थप दलहरुलाई पनि सरकारमा सहयोग गर्न शनिबार औपचारिक आह्वान गर्छौं ।’ संसदमा रहेका दलहरुलाई पत्रमार्फत् तथा एमालेसहितका दलका नेतालाई भेटेरै पनि सहयोगको आग्रह गरिने उनको भनाइ छ । प्रधानमन्त्रीका लागि शनिबार ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।
दुई तिहाइ पुर्याउने प्रयास
प्रधानमन्त्री भएपछिका चुनौतीको समाधानका लागि पनि सत्ता गठबन्धनमा धेरै दल समेट्ने तयारीमा कांग्रेस छ । ‘धेरै राजनीतिक मुद्दा किनारा लगाउँदै संविधान कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘चुनौतीको सामना गर्न पनि हामी सरकारमै दुई तिहाई पुर्याउन प्रयासरत छौं ।’ दोस्रो चरणको स्थानीय निर्वाचन, संविधान संसोधन, स्थानीय तहको संख्या थप्ने निर्णय, प्रदेशको सीमाकंन, प्रदेश र संसदको निर्वाचन ७ माघसम्म सक्नुपर्ने चुनौती नयाँ सरकारसँग छ ।
औपचारिक आग्रहको प्रतिक्षामा राप्रपा
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएर बाहिरिएको राप्रपा नयाँ सत्ता गठबन्धनप्रति सकारात्मक छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावपछि मात्र टुंगोमा पुगिने राप्रपाका नेता मोहन श्रेष्ठले बताए । राप्रपामा सरकारमा सहभागी हुनुपर्ने दबाब छ ।
निर्वाचनको दिन पनि अवरोध भए के हुन्छ ?
सकेसम्म सहमति : संसद्मा अवरोध कायमै रहे निर्वाचन प्रक्रिया सकेसम्म दलहरूबीचको सहमतिमै अघि बढाउने सभामुखको तयारी छ । सहमति जुट्ने उनको विश्वास छ ।
अवरोधकै बीच प्रक्रिया : दलहरूबीच सहमति नजुटे संसद् नियमावली र संविधानलाई आधार मानेर संसद्मा प्रक्रिया अगाडि बढाउने सभामुखसँग दोस्रो विकल्प छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्