×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तको १२.६३% र नेपाल इन्स्योरेन्स १०% लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कसको एजिएम कहिले ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मिथिला लघुवित्तको १२.६३% र नेपाल इन्स्योरेन्स १०% लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कसको एजिएम कहिले ?

Artha Sarokar

१६ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । मिथिलाले १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्दैछ भने लाभांश तथा सभाका लागि संस्थाले चैत १७ गते बुक क्लोज गर्दैछ । 
जसअनुसार लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । मिथिला लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल राजदरबार एन्ड नवरंग रिसोर्ट, जनकपुर धनुसामा बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै इन्स्योरेन्सले ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्दैछ । लाभांश तथा सभाका लागि संस्थाले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ । जसअनुसार लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । नेपाल इन्सुरेन्सले चैत २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एयरपोर्ट होटल सिनामंगलमा बिहान ११ बजेदेखि हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी