×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको १३औं साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित, सर्वसाधारण सञ्चालकमा पौडेल निर्विरोध

PRIME CA

नेपाल टेलिकमको १३औं साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित, सर्वसाधारण सञ्चालकमा पौडेल निर्विरोध

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को १३औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
यस्तै सभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यसमेत चयन गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी अम्बिका प्रसाद पौडेललाई निर्विरोध चयन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: