
काठमाडौँ – छिमेकी मित्रराष्ट्र भारतले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेको छ ।
आज विहान नेपालस्थित भारतीय राजदुत मञ्जिवसिंह पुरीले बोलाएको बैठकमा राजपा नेपालका शीर्ष नेताहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेको स्रोतको भनाई छ । तर नेताहरुले अहिलेसम्म आफूहरुको माग पूरा नभएको गुनासो पोख्दै मिति सारेपनि माग पूरा पूरा नभएकोले चुनावमा नजाने अडान लिएका थिए ।
राजपा नेपालका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छोडेर दुतावासको बैठकमा सहभागी भएका थिए । उनीहरुले बैठकमा आफ्ना मागहरु पूरा नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने अडान दोहोर्याएका थिए । बैठकमा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर शीर्ष नेताहरु क्रमशः राजकिशोर यादव, अनिल झा, राजेन्द्र महतो सहभागी थिए । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्