Skip to content
LAXMI SUNRISE BANK

पहिल्याउन कठिन गौरीघाट गोलीकाण्ड कँहा चुक्यो अपराध महाशाखा ?

अर्थ सरोकार

एसएसपीद्वय पुस्कर कार्की र सर्वेन्द्र खनालले चर्चाको शिखरमा पुराएको महाशाखा बिस्तारै सेलाउन थालेको छ । 
काठमाडौं । गुहेश्वरीस्थित दिव्या पार्टी प्यालेसमा चलेको गोली काण्डको अनुसन्धान गर्न नसक्दा प्रहरीको नैतिकता र क्षमतामाथि प्रश्न उठ्न थालेको छ । दुई महिना वितिसक्दा पनि गोली काण्डको वास्तबिक रहस्य बाहिर आउन नसकेपछि प्रहरीको क्षमता र नैतिकता माथि प्रश्न उठेको हो । बर्षौंदेखि फरार भएका अपराधी र प्रमाण नष्ट भईसकेको अपराधको लेखाजोखा राख्दै घटनाको सुक्ष्म अनुसन्धानबाट अपराधीको पहिचान गर्न सफल हुँदै आएको महानगरीय अपराध महाशाखा गौरीघाट गोलीकाण्डमा भने चुकेको छ । 
घटना भएको दुई महिना भईसक्दा पनि किन र कसले कुन उद्देश्यको लागि गरायोे भन्ने निष्कर्षमा प्रहरी पुग्न सकेको छैन । गुहेश्वरी नजिक रहेको दिव्या पार्टी प्यालेसमा दुई महिना अगाडी जिम गर्न पुगेका गुण्डका नाईके भनेर चिनिने दावा लामा माथि गोली प्रहार भएको थियो । लामा गाडी पार्कीङ गरेर हलको गेट छिर्न लाग्दा गोली प्रहार भएको दृश्य सिसीटिभी क्यामरामा समेत कैद भएको छ । तरपनि प्रहरीले कुनै सुराक पाएको छैन । 
गोली प्रहार भएको आधा घण्टा नबित्दै काडमाडौं पसिरका एसएसपी छबिलाल जोशी, र केही पत्रकारलाई दावा माथि गोली आफूले घटाएको भन्दै प्राईभेट नम्बरबाट फोन आएको थियो । प्रहरीले उक्त फोनलाई हल्का रुपमा लिई अनुसन्धानको पाटो नै परिर्वतन गरेपछि लामा गोली काण्ड तत्काल लखुल्ने प्रहरीको दाबी छ । एसएसपीद्वय पुस्कर कार्की र सर्वेन्द्र खनालले प्रहरीको साख अपराध महाशाखा बाटै जोगाएका थिए भने, महाशाखाको कार्याकालमा हिरो समेत बने । कार्कीले राजधानीका गुण्डा दिनेश अधिकारी उर्फ चरी ईन्काउन्टर, ठमेल भिक्षु गोलीकाण्डलगायत बहुचर्र्चित अपराधको सफल अनुसन्धान गरेका थिए भने खनालले अपराध महाशाखालाई प्रहरीको एउटा झुण्टै सेल जस्तो रुपमा खडा गराई दिएका थिए ।
न्याय नपाए अपराध महाशाखा जानु त्यहाँ सर्वेन्द्र खनाल छन् तिनले न्याय दिन्छन् भन्ने उपत्यकाबासीमा पर्न थालेको थियो । नेपालका पीडित मात्र नभई देश विदेशबाट समेत खनाललाई सहयोगको लागि फोन आउँने गर्दथ्यो । विदेशमा बेचिएकी नेपाली नारीको उद्दारदेखि फुटबलमा भएको संस्थागत म्याच फिक्सिङ, डन घैंटे भन्ने कुमार श्रेष्ठ इन्काउन्टर, पेट्रोलियमकोे संस्थागत ठगी, वैदिशिक रोजागारको नाममा ठगी, शैक्षिक परामर्श दाताको नाममा ठगी, बडीखेल हत्याकाण्डको अनुसन्धान, हुण्डी जस्ता संस्थागत रुपमा भईरहेको आपराधिक गतिविधीको अनुसन्धान र आपराधिक घटनामा संलग्नलाई कानुनको कठघरामा उभ्याउन सफल भएका थिए । तर पछिल्लो समय अपराध महाशाखाले पुराना घटना केलाउनु त परै जाओस् तत्कालका घटनाको समेत अनुसन्धान गर्न नसक्दा अपराध महाशाखा प्रति जनमासमा भएको विश्वास समेत घट्न थालेको छ ।
तस्कर, माफिया र हुण्डी कारोबार माथि एसएसपी खनालले तत्कालिन समयमा छाडेको छापले महाशाखाका केही प्रहरीले अहिले त्यसलाई क्यासमा बदलेको स्रोतको दाबी छ । महाशाखाका केही प्रहरी अधिकृत अहिले हुण्डीका कारोबारीसँग सुभ लाभ लिदै आएका छन् । यसको बारेमा नयाँ एसएसपी दिनेश अमात्य भने बेखबर छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK