×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेणु दाहालका प्रतिनिधिलाई एसपी थापाले ‘बाँदर’ भनेपछि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रेणु दाहालका प्रतिनिधिलाई एसपी थापाले ‘बाँदर’ भनेपछि

१५ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन -चितवन प्रहरी प्रमुख दीपक थापाले माओवादी केन्द्रका नेताहरुलाई बाँदर भनेका छन् ।प्रहरी उपरीक्षक (एसपी) थापाले अाइतबार राति मत च्यातिएको विषयमा एक अनलाइनमा प्रतिक्रिया दिँदै वाईसीएल माओवादी केन्द्रका नेता तथा मेयरकी उम्मेदवार रेणु दाहालका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई बाँदर भनेका हुन् ।
एसपी थापाले तल्लोस्तरमा झरेर न्यौपाने र सिवाकोटी बाँधर झैं मतपत्र च्यात्न गएको बताएका छन् । त्यतिबेला कभर्ड हलमा सौहार्दपूर्ण वातावरणमा मतगणना भइरहँदा थापाले बताए । मत गणनामा अाफू र डीएसपीसहित ३३ जना रहेको बताउँदै थापाले एउटा समूहमा सामान्य विवादकै बीच मतपत्र च्यातेको अारोप लगाएका छन् । उनले ४-५ मत च्यातेको बताए ।
एसपी थापाले विवाद सुरु हुनसाथ त्यसतर्फ जान खोज्दा अाफूले सम्झाएको बताउँदै दुबै जनालाई नियन्त्रणमा लिएको बताए । उनले मत गणनास्थलमा उम्मेदवारका प्रतिनिधि बाहेक अरु कोही नभएको समेत जानकारी दिएका छन् ।
गनेर नतिजा सार्वजनिक भइसकेका मतपत्र पनि माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँसेर मत गणना स्थगित गरेको छ । वडा नं. १९ को मतगणना हुँदै थियो। २० को बाँकी नै छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी