×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहुँचवालाले मात्रै पाए मानपदवी, प्रचण्ड पुत्रद्वारा पदक लिन अश्वीकार (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पहुँचवालाले मात्रै पाए मानपदवी, प्रचण्ड पुत्रद्वारा पदक लिन अश्वीकार (सूचीसहित)

१५ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – सत्तारुढ दलहरुबीच भागवण्डा गरेर सरकारले मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । अलंकार र पदक पाउनेको सूचीमा पनि पहुँचवाला नै हाबी भएका छन् । गणतन्त्र दिवस ०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ ।
यो वर्ष दुई ठूला पदक कांग्रेसका नेताहरुलाई मरणोपरान्त प्रदान गरिने भएको छ । नेपालको सर्वोच्च विभुषण प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई मरणोपरान्त प्रदान गरिने भएको छ । उनी कांग्रेसका संस्थापक नेता हुन् । राष्ट्रगौरव मानपदवी मरणोपरान्त महेन्द्रनारायण निधिलाई प्रदान गरिने भएको छ । उनी नेपाली कांग्रेसका नेता एवं वर्तमान उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका पिता हुन् ।
गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल रत्न मरणोपरान्त मदन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो । उनी एमालेका तत्कालीन महासचिव हुन् । कांग्रेस र एमाले सरकारले राष्ट्रगौरव मानपदवी कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त र एमाले नेता समेत रहेका तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रदान गरिएको थियो ।
यो वर्ष महाउज्ज्जल राष्ट्रदीप मानपदवी ५ जनालाई प्रदान गर्ने निर्णय भएको छ, जसमा कांग्रेसका दुई दिवंगत नेता छन् । कांग्रेसकी नेतृ स्व। नोना कोइराला, स्व। शेख इद्रिसलाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै माओवादीका नेताहरु अमिक शेरचन र बर्मन बुढासँगै स्व। रामकुमारी यादवलाई महाउज्ज्जल राष्ट्रदीप मानपदवी प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।
यो वर्ष प्रसिद्ध प्रवलजनसेवाश्री मानपदवी ८ जनालाई प्रदान गर्ने निर्णय भएको छ । रोचक त के छ भने मानपदवी, अलंकार र पदक पाउनेको सूची बनाउने गृहसचिव लोकदर्शन रेग्मी र अनुमोदन गराउने मुख्य सचिव सोमलाल सुवेदी दुबैको नाम प्रसिद्ध प्रवलजनसेवाश्री पदक पाउनेको सूचीमा छ ।
सुप्रबल जनसेवाश्री मानपदवी पाउनेहरुमा धेरै राष्ट्रसेवक कर्मचारीका साथै सुरक्षा निकायका उच्च पदाधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाललाई पनि चितवनका समाजसेवीका रुपमा यो मानपदवी प्रदान गरिने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यदेखि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई पनि प्रवल जनसेवाश्री प्रदान गर्ने निर्णय भएको छ । यस्तै प्रचण्ड पुत्र प्रकाश दाहालले भने मानपदवी नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त कुरा सार्वजनिक गरेका हुन् । 

– काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी