×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियो, सुरक्षाकर्मीले वास्ता गरेनन्’: देबी ज्ञवाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियो, सुरक्षाकर्मीले वास्ता गरेनन्’: देबी ज्ञवाली

१५ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भरतपुर- भरतपुर महानगरपालिकामा अहिले तनाव छ । माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि स्थिति तनावग्रस्त भएको हो । यता एमालेका उम्मेदवार देवी ज्ञवालीले भने माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको दाबी गरेका छन् ।
साथै उनले यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको आरोपसमेत लगाएका छन् । 

‘हार्ने निश्चित भइसकेपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको छ र राज्यसत्ताको दुरुपयोग गरिएको छ ।’ पत्रकारसँग उनले भने । 
माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमालेको आरोप छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी