Skip to content
LAXMI SUNRISE BANK

सामसङको नयाँ फोन ‘ग्यालेक्सी वाइड टु’ सार्वजनिक

अर्थ सरोकार

  • एजेन्सी 

साउथ कोरियन मोबाइल अपरेटर एसके टेलिकमसँगको सहकार्यमा सामसुङले नयाँ फोन ग्यालेक्सी ‘वाइड टु’ सार्वजनिक गरेको छ। कोरियामा सार्वजनिक यस फोनको मोडल नम्बर SM-J727S राखिएको छ जसले गर्दा यस फोनलाई अन्य देशमा जेसेभन (२०१७) को नाममा उपलब्ध हुन सक्छ।

यस फोनमा ५.५ इन्च एचडी टच्स्क्रीनका साथ २.५डी राउण्डेड ग्लास डिस्प्लेमा बनेको छ। त्यस्तै, १.६ गिगाहर्ज अक्टाकोर प्रोसेसर र एन्ड्रोइड ७.० नोगाट अपरेटिङ सिस्टम रहेको यस फोनमा २ जीबी र्याम तथा १६ जीबी इन्टरनल मेमोरी रहेको छ।

३३०० एमएएचको ब्याट्री क्षमताको यस फोनमा १३ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। कोरियामा यसको मूल्य २७ हजार ४ सय रुपैंयाँ अर्थात २९७००० कोरिया वन निर्धारण गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK