×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनाव बिथोल्ने गरी मधेस बन्दसहित संघीय गठवन्धनद्वारा आन्दोलनको घोषणा

PRIME CA

चुनाव बिथोल्ने गरी मधेस बन्दसहित संघीय गठवन्धनद्वारा आन्दोलनको घोषणा

१२ जेष्ठ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै थरुहट-मधेस बन्दसहितको आन्दोलनको घोषणा गरेको छ । 
बिजुलीबजारस्थित राजपाको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ ३१ गते घोषित दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई बिथोल्ने गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो । 
संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्ने गरी उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षीत गर्दै जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ। 
मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा मुद्दा खारेजी नभएको भन्दै गठबन्धनले लामो सङ्घर्ष र सयौँ पटकका वार्ताबाट पनि समस्याको समाधान नभएको ठहर गरेको छ । सङ्घीय गठबन्धनले उठाएका २६ बुँदे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका ११ बुँदे तथा सरकारले मधेसी मोर्चा/गठबन्धनसँग गरेको तीन बुँदे समझदारी अझै पनि कार्यान्वयन नभएको जनाएको छ ।
गठबन्धनले संसदमा रहेका छ पार्टीको एकीकृत पार्टी राष्ट्रिय जनता पार्टी नेपाल लगायत निर्वाचन आयोगमा दर्ता भएका अन्य राजनीतिक दललाई समेत दर्ता प्रक्रियामा सहभागी नगराएको र निर्वाचन चिन्ह प्रदान नगरेकामा आपत्ति प्रकट गरेको छ । 
सरकारले थप गरेको स्थानीय तहको २२ वटा सङ्ख्या अपुग एवम् सीमाङ्कन अपूरो रहेको जनाउँदै गठबन्धनका संयोजक महन्थ ठाकुरले एक विज्ञप्तिमार्फत उल्लिखित विषयलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: