×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा वाहेक अरुको कुरा नसुन्ने प्रधानमन्त्री प्रचण्डको चट्टानी अडान !

LAXMI SUNRISE BANK

देउवा वाहेक अरुको कुरा नसुन्ने प्रधानमन्त्री प्रचण्डको चट्टानी अडान !

१० जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री प्रचण्ड देउवा बाहेक अरुले रोकेर नरोकिने मुडमा पुगेका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत नभएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा नरोकिने भएको छ । प्रधानमन्त्रीले संसद बैठकलाई सम्बोधन गरेर राजिनामा दिने उनको सचिवालयले जनाएको छ ।
तर नेकपा एमालेले भने सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने बताएको छ । संसद बैठक नचलेमा भने प्रधानमन्त्रीले सञ्चार माध्याम मार्फत राजिनामाको घोषणा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए ।
कांग्रेसका केही नेता र नेकपा एमाले अहिले प्रधानमन्त्रीले राजिनामा दिन नहुने अडानमा छन् ।
‘अरुले रोकेर प्रधानमन्त्रीको राजिनामा रोकिन्न, प्रधानमन्त्रीका प्रेस संयोजक आचार्यले भने, ‘किनकी पहिलो चरणको निर्वाचन पछि राजिनामा दिने सहमति अरुसँग होइन, देउवासँग भएको हो । त्यसैले देउवाले नै अहिले राजिनामा दिन पर्दैन भने मात्र रोकिन्छ । अन्यथा आजै राजिनामा दिनुहुन्छ ।
हिजो पटक पटक स्थगित भएर पनि बस्न नसकेको संसद बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । एमालेले आज पनि बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । त्यसअघि समस्या समाधानका लागि प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुट्दैछन् । प्रधानमन्त्रीले छलफलका लागि बिहान ९ बजे कांग्रेस र एमालेका शिर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन् । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी