नवलपरासी – नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी भएकी छिन ।
नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बनिन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरे । त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बनेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरे ।
यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी भएका छन् । यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मिना राना एक हजार ४९४ मतअन्तरले विजयी बनेका छन ।
अध्यक्ष पदमा जिसीले कुल छ हजार ०९९ मत प्राप्त गर्नुभएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) लक्ष्मण पाण्डेले पाँच हजार ३३० मत प्राप्त गरे । यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल छ हजार ८९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले पाँच हजार ४०० दुई मत प्राप्त गरे ।
यसअगावै, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी भएका छन् । यसैगरी, उपाध्यक्षमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठ बिजयी भए । योसँगै नवलपरासीका कुल चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी बनेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्