×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा : लेखनाथ १ मा एमाले अत्यधिक मतले विजयी

LAXMI SUNRISE BANK

पोखरा : लेखनाथ १ मा एमाले अत्यधिक मतले विजयी

२ जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं १ मा नेकपा (एमाले) को समूह विजयी भएको छ । 
कुल २ हजार ४४३ मत खसेकोमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार शारदा पराजुलीले एक हजार ११३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार टङ्कनाथ पौडेलले ६९७ मत प्राप्त गरे । उक्त वडामा एमालेका नगरप्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले एक हजार ६५ मत प्राप्त गरे भने काँग्रेसका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले ८३१ मत प्राप्त गरे । 
प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)ले काँग्रेसलाई समर्थन गरेको भएपनि माओवादी केन्द्रको चुनाव चिह्नमा ५१ मत परेको छ । वडा नं १ को मतगणना सकिएलगत्तै वडा २ को मत गणना कार्य सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए । उनका अनुसार मतगणना ढिलाइ भएका कारण सर्वदलीय बैठक बसेर अन्य ठाउँबाट पनि मत गणना सुरु गर्ने तयारी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी