- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहयोगी विकास बैंकले सोमबारदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । १०ः३.५ अनुपातमा निष्कासन भएको यो हकप्रद असार ४ गतेसम्म भर्न पाइनेछ ।
सहयोगीको हकप्रदमा बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । लगानीकर्ताले यो हकप्रदमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरी र सहयोगी विकास बैंकको प्रधान कार्यालय जनकपुर तथा महोत्तरी, धनुषा र सिन्धुलीमा रहेका शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।