Skip to content
LAXMI SUNRISE BANK

फलोअप- ३ : प्रक्रिया नै पूरा नगरी श्री एयरलाइन्सले पाइलटलाई तालिममा पठाएको खुलासा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -पछिल्लो समय डलर अपचलन र राजश्व छलीको आरोप लागेको श्री एयरलाइन्स सम्बन्धि समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि एयरलाइन्सका अन्य कर्तुतहरुपनि एक- एक गरी सार्वजनिक हुन थालेका छन् । यसैबीच उक्त कम्पनीले प्रक्रियानै पूरा नगरी पाइलटलाई तालिमका लागि विदेश पठाएको तथ्यको खुलासा भएको छ ।

यसरी मिचियो नियम !
इभ्यालुसन फेज नसकिँदै क्रु ट्रेनिङ गर्न नमिल्ने स्पष्ट व्यवस्था भएपनि उक्त व्यवस्थालाई मिच्दै कम्पनीले 
विभिन्न पाँच फेजको प्रक्रिया पूरा नगरी जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई तालिममा पठाएको स्रोतको दावी छ । ‘एयरलाइन्सले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) प्राप्त गर्नका लागि ५ फेजको प्रक्रिया पूरा गर्नुपर्छ । तर नियम मिचेर कम्पनीले दादागिरी देखाउंदै तालिमका लागि पाइलटलाई विदेश पठाएको छ । ओएसी प्राप्त गर्नका लागि एओसीआर/ एओसीआई म्यानुअलको विभिन्न पाँच प्रक्रियाहरु पर एप्लिकेसन फेज, फर्मल एप्लिकेसन फेज, डकुमेन्ट इभ्यासुएयन फेज, डेमोन्सट्रेसन फेज र सर्टिफिकेसन फेज पूरा गर्नुपर्ने हुन्छ । तर उक्त फेजहरु सम्पन्न नगरी कम्पनीले १५ पाइलटलाई विदेश पठाएको थियो ।’ स्रोतले भन्यो । 
एयरलाइन्सको मनपरी !
यता नेपाल नागरिक उड्ययन प्राधिकरणले २०७३ फागुन ११ गते तालिममा पठाइएका पाइलटबारे जानकारी माग गरेपनि कम्पनीले भने त्यसको वास्ता गरेको छैन । प्राधिकरणको चलानी नम्बर १०९५ मार्फत पठाएको पत्रबाट विवरण माग गरेपनि कम्पनीले प्राधिकरणलाई अटेरी गर्दै आएको छ । एयरलाइन्सले पहिलो पत्रको जवाफ नपठाएपछी अर्को पत्रसमेत पठाएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK