×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकले कमायो २ अर्ब ५१ करोड खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकले कमायो २ अर्ब ५१ करोड खुद नाफा

२७ बैशाख २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडले २ अर्ब ५१ करोड ५८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा ५३.१४% ले खुद नाफा वृद्धि गरेको हो । बैंकले गत वर्ष यही अवधिमा १ अर्ब ६४ करोड २७ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ४०.०९% ले वृद्धि गरेर ४ अर्ब ७ करोड ३४ लाख २६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी २ अर्ब ९० करोड ७६ लाख ९६ हजार रुपैयाँ मात्र थियो । बैंकले तेस्रो त्रैमासमा ३० करोड ४७ लाख २९ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ३५ करोड १६ लाख १२ हजार रुपैयाँ छुट्याएको छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको निक्षेप संकलन ८३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकले ७४ अर्ब २० करोड ९४ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.८५% मा आएको छ । गत वर्ष खराब कर्जा ३.६७% थियो । यसैगरी, बैंकको कर्जा निक्षेप अनुपात ७९.१६% छ । बैंकको इक्विटीमा प्रतिफल बढेको छ । हाल बैंकको इक्विटीमा प्रतिफल (वार्षिक) ४६.५२% छ । यो गत वर्ष ४१.९७% मात्र थियो । बैंकको कस्ट अफ फन्ड पनि घटेको छ । गत वर्ष २.११% रहेको कस्ट अफ फन्ड घटेर यो त्रैमासमा १.९१% मा आइपुगेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४५ करोड ९५ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा चुक्ता पुँजी १५.३८% ले बढेको हो । गत वर्ष बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड ५० लाख २ हजार रुपैयाँ थियो । चुक्ता पुँजी ८ अर्ब बनाउने उद्देश्यले बैंकले वैशाख ७ गतेदेखि २३.७४% हकप्रद सेयर बिक्री गर्दै आएको छ । नेपाल बैंकले गत वर्ष ऋणात्मक रहेको रिजर्भ कोषलाई यसपाली धनात्मक बनाएपनि चुक्ता पुँजी अनुसार रिजर्भ कोष अझै बढाउनु पर्ने देखिन्छ । हाल बैंकको रिजर्भ कोषमा २ अर्ब ७६ करोड ४७ लाख ६५ हजार रुपैयाँ छ । गत वर्ष बैंकको रिजर्भ कोष ९४ करोड ९० लाख ४१ ह्जार रुपैयाँले ऋणात्मक थियो । यो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ४४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी