×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चर्टर्डको खुद नाफामा १७.३७% वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्टान्डर्ड चर्टर्डको खुद नाफामा १७.३७% वृद्धि

२६ बैशाख २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ६ करोड ४२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सोमबारमात्रै एफपीओ बाँडफाँट गरेको बैंकको खुद नाफा गत वर्ष यही अवधिको तुलनामा १७.३७% ले वृद्धि भएको हो । स्टान्डर्डले गत वर्ष ९० करोड ६७ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी पनि १८.९९% ले वृद्धि गरेर १ अर्ब ५५ करोड ५५ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ३० करोड ७२ लाख ५५ हजार रुपैयाँ थियो । बैंकले तेस्रो त्रैमासमा ४ करोड ६३ लाख ४२ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ११ करोड ३ लाख ७२ हजार रुपैयाँ छुट्याएको छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा चार्टर्डको निक्षप संकलन ६९ अर्ब ५६ करोड ७४ लाख ७१ हजार रुपैयाँ पुगेको छ । बैंकले ३७ अर्ब ३५ करोड ५९ लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.२३% मा आएको छ । गत वर्ष खराब कर्जा ०.२९% थियो । यसैगरी, बैंकको कर्जा निक्षेप अनुपात ७५.७७% छ । बैंकको इक्विटीमा प्रतिफल भने थोरै घटेको छ । हाल बैंकको इक्विटीमा प्रतिफल (वार्षिक) १६.५२% छ । यो गत वर्ष १७.६४% थियो । बैंकको कस्ट अफ फन्ड भने बढेको छ । गत वर्ष १.५२% रहेको कस्ट अफ फन्ड यो त्रैमासमा २.६४% पुगेको छ ।तेस्रो त्रैमाससम्म आइपुग्दा चार्टर्डको चुक्ता पुँजी ३ अर्ब ७४ करोड ९९ लाख १ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा चुक्ता पुँजी ६६.७९% ले बढेको हो । 
गत वर्ष बैंकको चुक्ता पुँजी २ अर्ब २४ करोड ८१ लाख ६१ हजार रुपैयाँ थियो । चुक्ता पुँजी बढाउने उद्देश्यले चार्टर्डले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ बिक्री गरेको थियो । यसको बाँडफाँट सोमबार भएको छ । बैंकको रिजर्भ कोषमा ४ अर्ब ८३ करोड ८५ लाख ५७ हजार रुपैयाँ छ । चर्टर्डको प्रतिसेयर आम्दानी र नेटवर्थमा भारीमात्रामा कमि आएको छ । गत वर्ष ५३ रुपैयाँ ७८ पैसा रहेको प्रतिसेयर आम्दानी (वार्षिक) यो त्रैमासमा ३७ रुपैयाँ ८४ पैसामा झरेको छ । यसैगरी, गत वर्ष ३०४ रुपैयाँ ९३ पैसा रहेको प्रतिसेयर नेटवर्थ यसपाली २२९ रुपैयाँ ३ पैसा भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी