×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको हकप्रद निष्कासनका लागि वैशाख ३० गते बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकको हकप्रद निष्कासनका लागि वैशाख ३० गते बुक क्लोज ?

२४ बैशाख २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सनराइज बैंकले ३०% हकप्रद सेयर निष्कासनका लागि वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा बैंकको हकप्रद सेयर वैशाख २९ गतेसम्म कायम सेयरधनीले मात्र दाबी गर्न पाउनेछन् । सनराइजले १०ः३ अनुपातमा १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । तेस्रो त्रैमाससम्म आइपुग्दा सनराइजले ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
बैंकले चुक्ता पुँजी पनि ५ अर्ब ४५ करोड ३२ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, रिजर्भ कोषमा पनि २ अर्ब ८४ लाख ३४ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउन सनराइजले हकप्रदको बाटो समातेको हो । यसअघि सनराइजले एनआइडीसी क्यापिटल मार्केटलाई पनि एक्वायर गरी एकीकृत कारोबार गरिसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी