×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशीको २ करोड ९४ लाख कित्ता आइपीओ आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मध्य भोटेकोशीको २ करोड ९४ लाख कित्ता आइपीओ आउँदै

२२ बैशाख २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीले २ करोड ९४ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रथम चरणमा संस्थापकबाहेक अन्य समूहलाई छुट्याइएको ४९% सेयरमध्ये १९.५% कर्मचारी सञ्चय कोषका संचयकर्तालाई, ३.५% संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई र १% ऋण प्रदायक कम्पनीका कर्मचारीलाई आइपीओ निष्कासन गर्न लागेको हो । यस आधारमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई १ करोड १७ लाख कित्ता, संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई २१ लाख कित्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता साधारण सेयर बिक्री गर्नेछ ।
मध्य भोटेकोशीले दोस्रो चरणमा स्थानीय बासिन्दाका लागि जारी पुँजीको १०% ले हुने ६० लाख कित्ता सेयर बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारण र कर्मचारीका लागि जारी पुँजीको १५% ले हुने ९० लाख कित्ता आइपीओ तेस्रो चरणमा बिक्री गर्ने कम्पनीले जनाएको छ । आइपीओ बिक्रीका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सीबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी