
काभ्रे – स्थानीय तहको निर्वाचनको सरगर्मीले देश तातीरहेका बेला नमोबुद्ध नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा भने अघोषित ढुकुटी संचालनका आरोपित सुदर्शन प्याकुरेल वडा अध्यक्षका उम्मेदवार बनेका छन् । उनी पछिल्लो समय भृकुटीमण्डपमा अघोषित ढुकुटी संचालनका नाइकेका रुपमा परिचित छन् ।
यसरी संचालन हुन्छ अघोषित ढुकुटी !
वडा अध्यक्षका उमेद्वार बनेका सुदर्शन प्याकुरेलको अध्यक्षतामा केहि समयअघि त्यहि ढुकुटी संचालन गर्दा ब्याजका नाममा उठेको रकमबाट पिकनिक जाने बहानामा फूलबारी कल्याणकारी कोष नामक ‘डमी’ संस्थाको नयाँ कार्यसमिति खडा गरिएको थियो । उनकै अध्यक्षतामा तत्कालीन रेडियो नेपालका कर्मचारी समेत रहेका गणेश प्रसाद प्याकुरेल अध्यक्ष हुनेगरी कार्यसमितिको चयन गरेको थियो । कार्यसमितिको नाटक गरेपनि फूलबारी कल्याणकारी कोषका नाममा हरेक महिनाको पहिलो शनिबार भृकुटीमण्डपमा अघोषित ढुकुटी चल्ने गेरको छ । उक्त संस्था कतैपनि दर्ता भएको छैन भने दर्ता बिनानै अरुलाई ब्याज लाउने, ब्याज उठाउनेजस्ता नेपालको वित्तीय कानुनले निषेध गरेका गैरकानुनी कामहरु खुलेआम रुपमा हुँदै आएको छ ।
बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृतिविना बीत्तीय कारोबार गर्न नपाइने भएपनि उक्त कानुनको उल्लङ्घन गर्दै, पैसा ब्याजमा लाउने, पैसा ब्याजमा लाउँदा सेवा शुल्कका नाममा पैसा उठाउने र यसरी उठेको ब्याज र अन्य शुल्क जम्मा गरेर तीनै समूह मिली पिकनिक जाने गरेका छन् । कानुन: त कुनैपनि संस्था दर्ता नगरी यसरी अरुलाई पैसा ब्याजमा लगाउनुलाई अपराधका रुपमा लिइन्छ । तर फुलबारी कल्याणकारी कोषको नाम दिएर ४ जनाको नाममा सामुहिक पैसा राखी सोझा सीधा गाउँलेको पैसामा समूहको एक झुण्ड मनपरी गरिरहेको र उक्त मनपरी काम गर्ने समूह सुदर्शन प्याकुरेलको नेतृत्वमा सम्पन्न भएको स्रोतको दावी छ ।
रेडियो नेपालका कर्मचारीको नेतृत्वमा खेलाइन्छ ढुकुटी !
‘नियम विपरित पैसा उठाइएको छ । ब्याजजति सबै पिकनिक मनाएर सक्काउने गरिएको छ । यसरी पैसा जम्मा गर्ने बच्चाबच्ची र केटाकेटीपनि भएकाले त्यसो नगरौं भन्दा, ‘हामिले भनेको हुनुपर्छ, नत्र पैसा फिर्ता लगे हुन्छ’ भन्दै रेडियो नेपालका कर्मचारी समेत रहेका गणेश प्याकुरेलले अरुलाई थर्काउने गरेका छन् भने उनी सहितको एक समुहले आफ्नो पैसा दुरुपयोग गरेको थाहा पाएपछि एक सदस्य उक्त समूहबाट बाहिरिएका समेत छन् ।’ स्रोतले भन्यो ।
यस सम्बन्धको फोटो तथा भिडियो हामीसँग सुरक्षित छ । आफु नदेखिने तर यस्तो गैरकानुनी रुपमा खुलेको संस्थाको अध्यक्षता गरी गैरकानुनी काम गर्ने व्यक्ति अहिले नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका हुन् । स्रोतका अनुसार कुल ३५ जना मिलेर हरेक महिला ढुकुटी खेल्ने उक्त समूहलाई सुदर्शन प्याकुरेलले ७० हजार सहयोग गर्ने बाचा गरेपछि अहिले उक्त समुहमा ढुकुटी खेल्ने अधिकांस व्यक्तिहरु सुदर्शन प्याकुरेललाई जिताउन लागि परेका छन् ।
एमालेकै कार्यकर्ता भन्छन्, ‘एमाले हुनुमा हिनताबोध भयो’
यता सुदर्शन प्याकुरेल एमाले तर्फका उम्मेदवार भएपछि उक्त वडाका अधिकांस एमाले कार्यकर्ताले आफुअलाई एमाले हुनुमा हिनताबोध भएको गुनासो गरेका छन् । आफुहरुले लामो समय पार्टीकालागि समय दिएको भएपनि भूकम्पको राहत घोटाला गरेकोदेखि अघोषित ढुकुटी संचालन गरेको आरोपसम्म लागेका सुदर्शन प्याकुरेललाई वडा अध्यक्षमा उठाएर पार्टीले जनतालाई ठुलो धोका दिएको उक्त वडाका एमाले कार्यकर्ताहरु बताउँछन् । अझ अचम्मको कुरा त के छ भने सुदर्शन प्याकुरेललाई जसरीपनि हराउन भन्दै केहि दिनयता मथुरापाटी, बनेपा लगायातका ठाउँमा एमालेका कार्यकर्ताहरुनै सामेल भई गोप्य बैठक बस्दै आएको छ ।
सम्बन्धित निकायमा उजुरीको तयारी !
यसरी ढुकुटी खेलाइएका तस्विर तथा भिडियोसहित एक समूह रेडियो नेपालका कर्मचारी समेत रहेका गणेश प्याकुरेल र एमाले वडा अध्यक्षका उम्मेदवार सुदर्शन प्याकुरेलविरुद्ध विभिन्न निकायमा उजुरी गर्ने तयारीमा एक समूह लागेको बताइन्छ । स्रोतका अनुसार उक्त अघोषित ढुकुटी सम्बन्धित सम्पूर्ण कागजपत्र फूलबारी कल्याणकारी कोष नामक संस्थाको नाम भजाएर ढुकुटी खेलाउने केहि व्यक्तिहरुसँग छ । ढुकुटी खेल्ने उक्त समूहमा सहकारी संचालकदेखि ट्याक्सी चलाकसम्म रहेको स्रोतको दावी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्