×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थको १९.२३% हकप्रदका लागि भयो मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थको १९.२३% हकप्रदका लागि भयो मूल्य समायोजन

Artha Sarokar

१७ बैशाख २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सिद्धार्थ इन्सुरेन्स लिमिटेडको आईतबार मूल्य समायोजन भएको छ । नेप्सेले आज सिद्धार्थ इन्सुरेन्सको १९.२३% हकप्रद सेयरका लागि १६६० रुपैयाँमा मूल्य समायोजन भएको जानकारी दिएको छ । यस आधारमा आइतबार कम्पनीको सेयर कारोबार १६६० रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने १३८९ रुपैयाँ रहेको छ ।
यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापटिल मार्केट लिमिटेडले गर्दैछ । हाल सिद्धार्थको चुक्ता पुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ८ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८८ पैसा रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने २६७ रुपैयाँ १८ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी