×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकले ३६ हजार ७६२ कित्ता संस्थापक सेयर बिक्री गर्ने

PRIME CA

एनसीसी बैंकले ३६ हजार ७६२ कित्ता संस्थापक सेयर बिक्री गर्ने

१२ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले पाँच जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३६ हजार ७६२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीका सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरीद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी निवेदन दिनुपर्नेछ ।
इच्छुक आवेदकले बागबजारस्थित सेयर शाखामा पुग्नेगरी निवेदन गर्न सक्नेछन् । ३५ दिनभित्रमा संस्थापक शेयरधनीबाट उल्लेखित सेयर खरीद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर बिक्री गर्ने पनि बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: