×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको हकप्रद खुल्दै, यी ठाउँबाट आवेदन दिने

PRIME CA

फर्स्ट माइक्रोफाइनान्सको हकप्रद खुल्दै, यी ठाउँबाट आवेदन दिने

१० बैशाख २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख २८ देखि फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले २ः१ अनुपातमा १०० रुपैयाँ दरको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको  हकप्रद सेयर जेठ ३१ गतेसम्म मात्र भर्न पाइन्छ ।
यो हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रद सेयरका लागि फर्स्टको काठमाडौंको ज्ञानेश्वर, मोरङको उर्लाबारी र चितवनको भरतपुर शाखाबाट आवेदन दिन पाइनेछ । यसैगरी, ग्लोबल आइएमई क्यापिटल लिमिटेड नाचघर, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगन्जको आदर्शनगर, इटहरीको फुलबारी बजारबाट पनि आवेदन दिन सकिनेछ । यस्तै, जनकपुरको भानुचोक, कैलालीको धनगढी, पोखराको पृथ्वीचोक, नेपालगंजको त्रिभुवनचोक र बुटवलको बिपीचोकबाट शाखाबाट पनि आवेदन फारम लिन र बुझाउन सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: