Skip to content
LAXMI SUNRISE BANK

राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्दै ज्योति विकास बैंक

अर्थ सरोकार

काठमाडौँ – राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको ज्योति विकास बैंकले दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्ने भएको छ । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादीमा मंगलबार (चैत्र १५ गते) ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी चन्द्र खड्का तथा राप्तीभेरी विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । 
एक अर्ब १० करोड ४३ लाख रुपैयाँ रहेको ज्योति विकास बैंक शतप्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रियामा रहेको छ । त्यस्तै १४ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी रहेको राप्तीभेरी विकास बैंक चालू आर्थिक बर्षको मुनाफाबाट बोनस सेयर जारी गर्ने प्रक्रियामा छ । यी दुईबीचको एक्विजिसनपछि ज्योति विकास बैंकको कुल चुक्ता पुंजी दुई अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्ष २०७३२०७४ को मुनाफाबाट वितरण हुने बोनस सेयरपछि ज्योति विकास बैंकको चुक्ता दुई अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ । 
एक्विजिसनपछि बन्ने बैंकको कुल निक्षेप रकम रु १० अर्ब, कर्जा रकम रु ९ अर्ब नाघ्ने छ भने शाखा संजाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर पक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको  छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK