Skip to content
LAXMI SUNRISE BANK

लिलामीमा किन्नुस् सगरमाथा फाइनान्सको सेयर, आवेदन दिने आज अन्तिम दिन

अर्थ सरोकार

लिलामीमा सगरमाथा फाइनान्स लिमिटेडको सेयर किन्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । फाइनान्सले गत चैत्र ७ गतेदेखि पाँच लाख ६६ हजार दुई सय ७८ दशमलव ८३ कित्ता हकप्रद सेयर लिलामीमा विक्री गरिरहेको छ । 
हकप्रद सेयर निष्काशनका क्रममा नबिकेकको सगरमाथा फाइनान्स लिमिटेडको संस्थापकतर्फको सात लाख २० हजार तीन सय १८ दशमलव ८३ कित्ता सेयरका लागि फागुन २६ गतेदेखि चैत २ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरिएको थियो । जसमा एक लाख ५४ हजार ४० कित्ता सेयरका लागि मात्रै आवेदन परेपछि बाँकी रहेको सेयरलाई पुनः लिलामीमा निकालिएको थियो ।
सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको हँुदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK