×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा ५ अर्बको विकास ऋणपत्र जारि, सर्वसाधारणले पनि आबेदन दिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकद्वारा ५ अर्बको विकास ऋणपत्र जारि, सर्वसाधारणले पनि आबेदन दिन सक्ने

Artha Sarokar

१५ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ निष्काशन गर्ने भएको छ। दिर्घकालिन पुंजी संकलनका लागि निष्काशन गर्न लागिएको १३ बर्षे लामो अवधिको उक्त ‘विकास ऋणपत्र २०८६’ को आज बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ। 
राष्ट्र बैंकका अनुसार ‘विकास ऋणपत्र २०८६’ का लागि आज अपरान्ह ३ बजेसम्म बोलकबोल मार्फत आबेदन दिन सकिने छ। यस ऋणपत्रमा सर्वसाधारण नेपाली नागरिक देखि बैक तथा वित्तीय संस्था, गैर बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाले आबेदन दिन सक्ने छन्। 
ऋण पत्रमा आबेदन दिन चाहने बोलकबोल दाताले न्यूनतम ५० हजार र बढीमा निष्काशन गरिएको रकम अर्थात ५ अर्बको सिमा नबढाई ५० हजारले भाग गर्दा निशेष भाग जाने गरि आबेदन दिनु पर्ने छ। 
प्रतिस्पर्धी र अप्रतिस्पर्धि गरि बोलकबोल दाताले आबेदन दिन सक्ने छन। ५ अर्ब रुपैयाँ मध्य ८० प्रतिशत प्रतिस्पर्धीलाई र २० प्रतिशत अप्रतिस्पर्धिलाई छुट्याइएको राष्ट्र बैंकले जनाएको छ  राष्ट्र बैंकका अनुसार क, ख र ग बर्गका वित्तीय संस्थाले भने अप्रतिस्पर्धिको रुपमा भाग लिन पाउने छैनन। 
१३ बर्षे लामो अवधिको यस ऋणपत्र धितोको रुपमा राखेर कर्जा लिन तथा दिन पाइने छ। ऋणपत्र बापतको सावाँ भुक्तानी २०८६ सालमा हुने छ भने हरेक ६ महिनामा ऋणपत्र बापतको ब्याज प्राप्त हुने छ। प्राप्त ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।  
त्यस्तै बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट  गरिने रकम सम्ममा कायम भएको ऋगत(इाा ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा मुनीका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराईने छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी