×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमन्ट बैंकको एकीकृत कारोबार चैत १४ गतेबाट सुरु, पूँजी ११ अर्ब ६६ करोड पुग्ने

PRIME CA

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमन्ट बैंकको एकीकृत कारोबार चैत १४ गतेबाट सुरु, पूँजी ११ अर्ब ६६ करोड पुग्ने

अर्थ सरोकार

१० चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमन्ट बैंकको चैत १४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई एकीकृत कारोबार गर्न चैत ९ गते अन्तिम स्वीकृति दिइसकेको छ । जससंगै अब सिटिजन्स बैंकक नामबाट एकीकृत कारोबार हुने भएको छ ।
दुवै बैंकको माघ १५ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । जसअनुसार तिनाउको १०० सय कित्ता सेयर हुनेले अब सिटिजन्सको नाममा ९६ कित्ता सेयर पाउनेछन् । प्राप्तिपछि सिटिजन्सको पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: