Skip to content
LAXMI SUNRISE BANK

उकालोतिर उफ्रियो साँढे : आइतबार २४.९३ अंकले बजार बढ्दा लगानीकर्ता थप उत्साहित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – शुक्रबार बढेरै बन्द भएको बजार आइतबार अझ उकालो लागेको छ । आइतबार २४.९३ ले १३५४.३४ बढेर अंकमा आइपुगेको छ । बजार यसरी बढेपछी लगानीकर्ताहरु उत्साहित भएका छन् ।   ६१ करोडभन्दा बढी कारोबार भएको आजको बजारमा सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको सेयर कारोबार भएको छ भने त्यसपछि क्रमश: एनएल आइसी र एलआइसीएनको कारोबार बढी छ ।   
आजको बजारपछी नेपाली पूँजी बजारका लगानीकर्ताहरु अझ उत्साहित भएका छन् । शुक्रबार बजार बढेपछि विभिन्न कारण देखाउंदै विभिन्न समुहले बजार घट्ने भविष्यवाणी गरेका थिए । तर ती सबैलाई ‘जिल्ल’ बनाउँदै बजार उकालो लागेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK