
कन्चन डेभलपमेन्ट बैंक लिमिटेडले १३ हजार १ सय ८२ कित्ता साधारण सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। इच्छुक बोलकबोल दाताले फागुन २६ देखि चैत ४ सम आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ १३ हजार १ सय ८२ कित्ता रहेको छ। बैंकले गत पुष १८ देखि माघ २३ सम्म ५० प्रतिशत हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको थियो।
इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नाचघर, जमल, काठमान्डौमा चैत ४ गते बैंकिङ समय सम्म (३ बजे सम्म) आवेदन पेश गर्नु पर्ने छ।
बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० के भाग जाने गरि न्युनतम १०० कित्ताका लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले बैंकले लिलाममा राखेको हकप्रद पाउने छन। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा चैत ६ मा ३:३० मा खोलिने छ।
बैंकको हकप्रदमा दाबि भन्दा बढी मूल्यको आबेदन दिनेको रकम फागुन २६ देखि नै आबेदन बुझेको स्थानबाट फिर्ता हुने भएको छ। बैंकको हकप्रद नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएपश्चात सेयरधनीहरुको डिम्याट खातामा नै जाने छ।
गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुंजी २४ करोड ७५ लाख पुगेको छ। ५० प्रतिशत हकप्रद बितरणपश्चात बैंकको चुक्ता पुंजी ३४ करोड ६५ लाख रुपैयाँ पुग्ने छ।
२५ प्रतिशत् बोनस र ५० प्रतिशत हकप्रद बितरण पश्चात कायम चुक्ता पुंजीबाट थप ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब बैंकको साधारण सभाले पारित गरेको छ। सो ३० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ४५ करोड ४० लाख रुपैयाँ पुग्ने छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्