×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परिसुचक २४ अंकले झर्दा २५ करोडमा खुम्चियो कारोबार

LAXMI SUNRISE BANK
GLOBAL

परिसुचक २४ अंकले झर्दा २५ करोडमा खुम्चियो कारोबार

१५ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –  साताको पहिलो दिन आइतबार पनि बजार घटेको छ । अघिल्लो साताको अन्तिम दिन विहिबार ६ अंकले घटेको बजार आज २४ दशमलव ४५ अंकले घटेर १३ सय १३ दशमलव ०१ को बिन्दुमा आईपुगेको छ । परिसुचक घटेसँगै आज शेयर कारोबार रकम पनि उच्च गिरावट आएको छ । आज १३२ कम्पनीको २५ करोड ६९ लाख ४२ हजार ८७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ । आज सबैभन्दा बढी बीमा समूहमा गिरावट आएको छ । यो समूह १६८ दशलमव ८६ अंकले घटेको छ । त्यस्तै बैंकिङ १८ दशमलव १८ अंकले, होटल समूह २९ दशमलव १२ अंकले, जलविद्युत समूह २६ दशमलव ७८ अंकले, फाइनान्स समूह ८ दशमलव ३३ अंकले, विकास बैंक ७ दशमलव ९९ अंकले र अन्य समूह ४१ दशमलव ०७ अंकको गिरावट आएको छ ।
आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको तीन करोड भन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल इनभेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स, एभरेष्ट बैंक लिमिटेडको एक करोड भन्दा बढी रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
आजको कारोबार भएका १३२ कम्पनीमध्ये १७ कम्पनीका लगानीकर्ताले मात्रै कमाएका छन् । सबैभन्दा बढी कमाउनेमा सहारा विकास बैंकका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य आज करिब १० प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी