
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले चुनवाको घोषणा गरेसंगै नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले संयुक्त विज्ञप्ति जारि गर्दै स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन् । नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विहिवार संयुक्त वक्तव्य जारी गर्दै वैशाख ३१ को स्थानीय चुनाव स्थगित गर्न माग गरेका हुन् ।
सरकारले आफैंले संसदमा दर्ता गरको संविधान संशोधन विधेयक पास नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै उनीहरुले यसले देशलाई अस्थिरता र अनिश्चिततारतिर धकेलेको बताएका छन् । स्थानीय तहको संरचना नै नबनेको र कानुन समेत नभएको भन्दै चुनावका लागि ६ बुँदे माग राखेका छन् ।
नयाँ शक्ति र फोरमले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिर्माजनसहित पास गर्नु पर्ने माग गरेका छन् ।
साथै संघ र प्रदेशको चुनाव पहिला गर्नु पर्ने भन्दै दुई दलले भनेका छन्, ‘स्थानीय तह प्रदेश मातहत रहनुपर्छ र, यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नुपर्छ । राजनीतिक दलहरुको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्छ ।’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्