×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सोमबार बुक क्लोज गर्ने

PRIME CA

अरुण भ्याली हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सोमबार बुक क्लोज गर्ने

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चैत ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।  कम्पनीको फागुन २६ गतेको सञ्चालक समितिको बैठकले  ५० प्रतिशत हकप्रद सेयर प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्कासनको मिति भने हालसम्म कम्पनीले तय गरेको छैन् । 
बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री गर्न फागुन २५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि अनुमति मागेको कम्पनीलाई बोर्डले पहिलो चरणमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । 
कम्पनीले गत असोज २१ गते हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: