
एजेन्सी – खासमा मन्दिरमा भगवानको दर्शन गरिसकेपछि पुजारीहरुले भक्तजनलाई फूल तथा प्रसाद दिन्छन् । तर भारतमा एउटा यस्तो मन्दिर छ जहाँ भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गहना दिइन्छ । हो, भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर सायद दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् ।
वर्षमा केही दिन उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ । वर्षका अरु दिनहरुमा ठूलो संख्यामा आउने भक्तजनले उक्त मन्दिरमा प्रसस्त मात्रामा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् ।
दिपावली लगायतका पर्वका बेला त मन्दिरमा निकै धेरै सुन भक्तजनले चढाएका हुन्छन् र महालक्ष्मीलाई खुबै श्रृंगारिएको हुन्छ । सोही सुनचाँदी र धनमध्येको केही हिस्सा कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा दिने गरिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्