
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले वर्तमान सरकारले जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने ठोकुवा गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेका साक्षात्कारमा बोल्दै नेता राणाले राप्रपा जेठमै चुनाव हुनुपर्ने पक्षमा रहे पनि सरकारले त्यो नचाहेको आरोप लगाए ।
एकातर्फ मधेसी मोर्चाको संविधान संशोधनको मागलाई एमालेले पारित हुन नदिने र अर्कोतर्फ सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुले कतैबाट पनि निर्वाचन सम्भव नदेखिने राणाको विश्लेषण छ ।
मोर्चालाई बाइपास गरेर चुनाव सम्भव नहुने र चुनाव नभए मुलुक संवैधानिक संकटमा फस्ने भन्दै उनले ठूला दलहरु जिम्मेवार बनेर समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । साथै राणाले राप्रपा सरकारबाट बाहिरिन खोजेको भन्ने हल्लाको खण्डन समेत गरे । पार्टीले सरकारबाट फिर्ता हुने निर्णय नगरेको भन्दै उनले कुन नेताले कहाँ गएर के बोल्छ भन्ने कुरा प्रधान नभएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्