
- भुवन रोका / अर्थ सरोकार डटकम
जापान – जापानमा जनसंख्या वृद्धिदर घटिरहेको अवस्था र जापानको कम्पनीहरूमा कामदारको अभाव भैरहेको भएतापनि कामदारमा भाषाको अज्ञानताले काम नपाउने समस्यालाई मध्यनजर गर्दै माउन्ट रोयल एजुकेसन सेन्टरले विश्वबजारमा सफलरुपमा सञ्चालन् भइरहेको जीएनके (ग्लोबल निहोन्गो केन्ताइ) नामक जापानीज भाषा परीक्षा केन्द्रलाई नेपाल भित्र्याएको छ ।
‘चीन, भारत, भियतनाम, इन्डोनेसिया लगाएतका एसियन मुलुक तथा युरोप तथा अमेरिकन मुलुकहरुमा सञ्चालन् भइरहेको जापानिज भाषा परीक्षा केन्द्र जीएनके , आफ्नो देशको घट्दो जनसंख्या वृद्धिदरका कारण कम्पनीहरुमा देखिएको दक्ष जनशक्तिको अभावलाइ विदेशबाटनै भाषाको दक्षता प्रदान गरी बजारमाग पूरा गर्न तथा आफ्नो संस्कृतिलाइ विश्वभर चिनाउन जीएनके सञ्चालनमा ल्याइएको हो’ जीएनकेका प्रमुख हान्दा जेंजोले भने ।
‘जापान सरकारको पुर्व परराष्टॄमन्त्री भइसकेका तथा हालका सिनेट सदश्य इसीइ इचिजी यसका प्रमुख बेवस्थापक हुन् । पछिल्लो समय नेपाली बिध्यार्थीहरु जापान आउनेक्रम बढीरहेको र भाषाको अज्ञानताले उत्पन्न हुँदैआएको जापान बसाईका कठिनाई तथा त्यसले उत्पन्न गराउने आत्महत्या सम्मका समस्यालाई जीएनकेले केहिहद सम्म हल गर्नेछ । जीएनकेका नेपालको सञ्चालक माउन्ट रोयेलका प्रमुख दिनेश कुमार शाहीले अर्थ सरोकार डटकमसँग भने ।
बर्षमा ४ पटक सञ्चालन् हुने जी एनके टेष्ट परीक्षा नेपालका लागि यही बर्षको मे महिनाबाट सञ्चालनमा आउने मौनत रोयलका इन्टर्नेशनल अफेयर चिफ गणेश विष्टले बताए । यता माउन्ट रोयेल एजुकेसन सेन्टरका व्यवस्थापक सुरेश घिमिरेले पनि जापानीज बजारमा भाषामा दक्ष नेपाली विध्यार्थी पठाउन GNK सक्षम्र हुने विस्वास व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्