
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयभित्रै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन्। मंगलबार निर्वाचन आयोगमा विद्युतीय मेसिनबाट मतदानको पूर्व अभ्यासमा सहभागी भएपछि बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘निर्वाचनसम्बन्धी ऐन पारित भइसकेका छन् ।
सरकार निर्वाचनको तयारीमा लागिरहेको छ, प्रधामन्त्री प्रचण्डले भने, अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ।’ साथै उनले अबको चुनावमा विद्युतीय मेसिनबाटै मतदानको व्यवस्था गरिने बताए।
२१औं शताब्दी सूचना प्रविधिको युग हो, यसको प्रयोगबाट हामी टाढा भाग्न सक्दैनौँ, प्रधानमन्त्रीले भने, स्वच्छ, निश्पक्ष र धाँधलीरिहत निर्वाचनका लागि यसको प्रयोग अपरिहार्य छ। सो अवसरमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विद्युतीय मेसिनको प्रयोग सस्तो र प्रभावकारी हुने दाबी गरे।
पूरानै तरिकाले मतपत्र प्रिन्ट गरेर लैजानुभन्दा मेसिनको प्रयोग गर्नसके प्रभावकारी तथा सुलभ पनि पर्ने उनको भनाइ थियो। स्थानीय तहको निर्वाचनदेखि नै विद्युतीय मेसिनको प्रयोग गर्न सकिने जानकारी गराउँदै उनले त्यसका लागि राजनीतिक निर्णय आवश्यक पर्ने बताए। त्यसक्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालसहित संसदमा प्रतिनिधित्व गर्ने ३१ दलका प्रतिनिधिले नमुना मतदान गरेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्