
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – इलामका किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी ११ करोड ९७ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।
यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भएको किसानले बताएका छन् ।
तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण बजारको खासै समस्या नभएको जिर्मलेका यामप्रसाद अधिकारीले बताए । सुन्तला बिक्रीबाट जिल्लामा बर्सेनि करोडौँ रूपैयाँ भित्रिने गरेको छ । “नामसालिङ गाविसबाट मात्र यस वर्ष तीन करोडको सुन्तला बिक्री भएको छ,” अधिकारीले भने ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले बताए । जिल्लामा यस वर्ष ३५० हेक्टरमा गरिएको खेतीबाट तीन हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत आवमा ३४० हेक्टरमा तीन हजार ५२३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।
सुम्बेक, नामसालिङ, जिर्मले, बरबोटे, सोयाक, गोदक, सोयाङ, पशुपतिनगर, कन्याम, लक्ष्मीपुर गाविस तथा इलाम नगरपालिका सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्