Skip to content
LAXMI SUNRISE BANK

वाइसियलको भेलामा ठुलै लफडा, कुटाकुटको स्थिति

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता  

काठमाडौँ –  काठमाडौंको तीनकुनेस्थीत ताज पार्टी प्यालेसमा चलिरहेको वाईसीएलको एकता भेलामा हालै मात्र एकता प्रकृयामा आएका मातृका यादव र मणी थापा समूहबीच हात हालाहालको स्थिती पैदा भएको हो ।
स्रोतका अनुसार, माओवादीभित्र कडा र खरो नेताका रुपमा चिनिने मातृका यादव र नरम रुपमा प्रस्तुत हुदै आएका मणि थापाबिच वाइसीएलको विषयलाई लिएर लफडा भएको हो ।
माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको एकता भेलामा मातृका यादवले उपद्रो मच्चाएको बताइएको छ  । मातृका यादवको समुहले सो वाइसीएलको भेला वहिष्कार समेत गरेको स्रोतले जनाएको छ ।
कार्यविभाजन नमिलेको भन्दै यादव समुहका युवाहरुले कार्यक्रम बहिष्कार गरेर हलबाट बाहिरिए थिए । वाईसीएलको कार्यविभाजन गरिँदा सह संयोजकमा उनीहरुको दावा थियो ।  तर,संगठनको नीतिमा संयोजक मात्रै तोक्ने भनिएकोले उनीहरुलाई सहसंयोजक दिन नसकिने जनाएसँगै मातृका यादव समुहका कार्यकर्ताले एकता प्रक्रियाबाटै आएका नेता मणि थापाविरुद्ध नाराबाजी गर्दै बाहिरिएका हुन  ।
‘मणि थापा मुर्दावाद, एकता प्रक्रिया मान्दैनौँ’ जस्ता नारा लगाउँदै उनीहरु हलबाट बाहिरिएका वाइसियलका नेताहरुले पृष्ट्याई गरेका छन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK