×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ७५ हजार कित्ता सेयर लिलामीमा आजसम्म मात्रै आवेदन दिन पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ७५ हजार कित्ता सेयर लिलामीमा आजसम्म मात्रै आवेदन दिन पाइने

Artha Sarokar

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ७५ हजार कित्ता संस्थापक सेयर लिलामीमा आज आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकले गत आइतबारदेखि सो परिमाणको सेयर लिलामीमा ल्याएको थियो । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । लगानीकर्ताले यो लिलामीमा चैत ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
यस्तै सो लिलामीमा एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन सकिनेछ । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ४ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्स न्यूनतम ४०४ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी