
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – कस्ले पत्याइदिने विद्धत डाक्टर बाबुराम भट्टराई पनि हुस्सु ठहरिए भन्दा तर यस्तै ठहर गरेको छ निर्वाचन आयोगले । हरेक वर्ष आयोगमा दर्तावाल दलहरुले आफ्नो आय व्यय विवरण बुझाउनु पर्ने आयोगको नियम छ । सो नियमबारे जानकारी नराख्दा वा थाहा पाएर पनि हेपाहा प्रवृत्ति देखाँउदै डा भट्टराईको नयाँ शक्तिपार्टीलाई निर्वाचन आयोगले एक सय रुपैंया जरिवाना गर्ने भएको छ ।
पिएचडीवाला वावुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीलाई निर्वाचन आयोगले कारवाहीमा परेको छ ।वार्षिक लेखा परीक्षणको प्रतिवेदन आयोगमा नबुझाएका कारण सो पार्टी आयोगको कारवाहीमा परेको हो ।
नयाँ शक्ति पार्टी नेपालका १० नारामध्ये ‘नयाँ शक्तिको मुख्य पहिचान, पारदर्शिता–सदाचार–सुशासन’ एउटा हो । यो दलले नै समयमा आयोगमा वार्षिक आयव्यय विवरण नबुझाउँदा एक सय रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ । एक सय रुपियाँ जरिवाना तिर्ने ३१ दलको सूचीमा नयाँ शक्ति नेपालको नाम १२औँ नम्बरमा छ ।
लोकतन्त्र र आर्थिक पारदर्शिताका ठूलाठूला नारा दिने दलहरूले पनि कानुनले तोकेको अवधिमा वार्षिक आयव्ययको विवरण कानुनले तोकेको समयमा निर्वाचन आयोगमा वार्षिक आयव्यय नबुझाउने दलहरूमा उपेन्द्र यादवको सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट०,राजकिशोर यादवको मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक०, यशोदा लामाको दलित जनजाति पार्टी नेपाल र हरिरण साहको नेपाली जनता दल छन् । यसैगरी आयोगमा दर्ता भएका तर ढिलो विवरण बुझाएका दलहरूमा राष्ट्रिय जनएकता पार्टी, चुरेभावर राष्ट्रिय पार्टी र हाम्रो पार्टी छन् ।
जरिवानामा परेका अन्य दलमा गान्धीवादी पार्टी नेपाल, राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टी, नेपाली ग्रिन्स पार्टी, आधुनिक नेपाल पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनएकता पार्टी, मातृभूमि नेपाल पार्टी, नेपाल नागरिक पार्टी, शान्ति पार्टी नेपाल, दलित जनजाति पार्टी नेपाल, नागरिक समाजवादी पार्टी, नेपाल सुकुमबासी पार्टी ९लोकतान्त्रिक०, नेपाल न्यायिक दल छन् ।
यसैगरी जनता दल नेपाल, राष्ट्रिय चुरे भावर पार्टी, श्रमिक जनता पार्टी नेपाल, नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी, नेपाल वाद, नेपाली काँग्रेस राष्ट्रवादी, हिन्दु प्रजातान्त्रिक पार्टी, युवा नेपाल पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल र लोककल्याणकारी जनता पार्टी नेपाल छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्