×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थपिंदैछ ६.१ मेगावाट बिजुली

LAXMI SUNRISE BANK
GLOBAL

थपिंदैछ ६.१ मेगावाट बिजुली

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – इलामको मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६।१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ ।
 रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए ।
अप्परमाईबाट निस्किएको पानी सुलुबुङ–३ र ७ नंबाट सुरुङ र पेनस्टक पाइपबाट विद्युत् उत्पादन गरिने जनाइएको छ । अप्परमाईको पावरहाउस नजिक हेडबक्सबाट ९६० मिटरको टनेलबाट विद्युत् उत्पादनको तयारी गरिएको प्रधानले बताए ।
अप्परमाई उत्पादित ९।९८ मेगावाट विद्युत् यसअघि नै उक्त करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको र क्यासकेड आयोजनाबाट समेत उत्पादित विद्युत् करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी