
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज बिहिबार ‘कुमारी इक्विटी फण्ड’ को १० करोड इकाई बाँडफाँड भएको छ । सो फण्डमा आवेदन दिने ९४ हजार ७९४ जनामध्ये रितपुर्वक आवेदन परेका ९४ हजार ७३३ जनालाई बाँडफाँड गरिएको हो । कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई फागुन १४ गतेदेखि फागुन २८ गतेसम्मका लागि निष्कासन गरेको थियो । जसमा मागभन्दा १३६ गुणा बढी दरखास्त परेकाले नियम अनुसार बढीमा २५ प्रतिशतसम्म थप गर्न सक्ने व्यवस्था अनुसार १० करोड इकाई बाँडफाँट गरिएको हो ।
कम्पनीका अनुसार सर्बसाधारणबाट ९४ हजार ६६१ जना आवेदकहरुबाट ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्था ५ करोड ३९ लाख २२ हजार ३०० इकाई आवेदकहरुलाई सो इकाईहरु बाँडफाँड गरिएको हो । यस्तै दोहोरो आवेदन दिने ६१ जना आवेदकहरुको आवेदन रद्द गरिएको छ ।
१०० देखि २० लाखसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको छ । २० लाख इकाईभन्दा माथिल्लो समूह अर्थात इकाई २५ लाखदेखि ५० लाखसम्म माग गरि दरखास्त दिने जम्मा ७ जना आवेदकलाई २४ लाख ६ हजार ६७० इकाईका दरले जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्