
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव ५७ प्रतिशत घटेको छ । लगातार ओरालो झरेको परिसूचक १ हजार ३ सय ५७ को न्यून विन्दुमा पुगेको थियो । पहिलो पौने २ घण्टाको व्यापारदेखि भने बजार केही सुधारिन थालेको हो ।
शेयर बजार ३ घण्टाको व्यापारमा ७ दशमलव ९९ अङ्क घटेर १ हजार ३ सय ८८ दशमलव ६२ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय २६ कम्पनीको ३ हजार ९ सय ४५ पटकको व्यापारमा रू। ३७ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ । यस समयमा जलविद्युत समूह बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।
जलविद्युत समूहको परिसूचक शून्य दशमलव ७६ प्रतिशत बढेको छ । त्यस्तै, होटल समूहको परिसूचक १ दशमलव ६३ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ९७, विकास बैङ्कको शून्य दशमलव ८१, बैङ्किङको शून्य दशमलव ६३, वित्त कम्पनीको शून्य दशमलव ३८ र बीमाको शून्य दशमलव २५ प्रतिशत घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्