Skip to content
LAXMI SUNRISE BANK

काष्ठमण्डपको संचालन मुनाफामा १५२ प्रतिशतको बढोत्तरी

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – काष्ठमण्डप डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १५१ दशमलब ४८ प्रतिशतले संचालन मुनाफा बढाएको छ भने बैंकको खुद मुनाफा ३५ प्रतिशतले घटेको छ। 
गत आर्थिक बर्षको यस अवधिमा १५ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा १० करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। 
यस अवधिमा बैंकले ७ अर्ब ८३ करोड निक्षेप संकलन गरि ६ अर्ब ३३ करोड रुपैया कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ५ अर्ब ८५ करोड निक्षेप संकलन गरि ४ अर्ब ५८ करोड कर्जा परिचालन गरेको थियो। 
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६ प्रतिशतले बढेर १७ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५२ प्रतिशतले बढेर ८ करोड ५९ लाख रुपैयाँ पुगेको छ। 
काष्ठमण्डपलाई कुमारी बैंकले प्राप्ति गर्ने सहमति गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुंजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ३७ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ। बैंकले यस अवधिमा ६ करोड ४९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। बैंकको खराब कर्जा अनुपात ३ प्रतिशतबाट घटेर शुन्य दशमलब ९० प्रतिशतमा झरेको छ।  
अवधिमा बैंकको प्रति सेयर आम्दानी ३५ प्रतिशतले घटेर २९ दशमलब ९२ रुपैयाँ पुगेको छ। त्यस्तै प्रति सेयर नेटवर्थ १२४ दशमलब ३७ रुपैयाँ, सिडी रेसियो ७५ दशमलब ५३ प्रतिशत रहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK