
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन स्टयान्डर्ड चार्टर्ड बैंकले एफपीओ निष्काशन गर्ने भएको छ ।
बहुर्राष्ट्रिय लगानीको यस बैंकले एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । बैंकले फेस भ्यालू एक सय रूपैयाँ र प्रिमियर जोडेर १२९० रूपैयाँका दरले एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । यो मूल्यलाई बोर्डले स्वीकृति भने दिईसकको छैन ।
हाल बैंकको ३ करोड ७४ लाख ९८ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत छ ।
चार्टर्डले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३३।३३ प्रतिशत बोनस सेयर र कर तिर्न १।७५ प्रतिशत नगद लाभांश दिएको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले सामान्य प्रगती गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यस अवधिमा बैंकले ३४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
त्यस अवधिमा बैंकले ५७ अर्ब ४१ करोड निक्षेप संकलन गरि ३२ अर्ब ३९ करोड कर्जा पर्वाह गरेको विवरण सार्बजनिक गरेको थियो । विवरण अनुसार बैंकको निक्षेप तर्फ १ दशमलब ७० प्रतिशतले गिरावट आएको छ भने कर्जा तर्फ २३ प्रतिशतले बढेको छ। सामान्यतया निक्षेप र कर्जा बिस्तार गर्दै कारोबार बिस्तार गर्ने क्रममा रहेका कम्पनीमा लगानी राम्रो मानिन्छ।
सोहि अवधिमा बैंकको संचालन मुनाफा र खुद ब्याज आम्दानी १० प्रतिशतले बढेको छ। जसले गर्दा बैंकको खुद मुनाफा समेत सामान्य सुधार देखिएको छ। यस अवधिमा बैंकले ५० करोड खुद ब्याज आम्दानी गरेको छ भने ५३ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्