
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले पछिल्लो समय विद्युत् चुहावट हुने क्रम भारीमात्रामा घटेको जनाएको छ । चुहावट घट्दा एकातिर राजस्व बढेको छ भने अर्कोतिर लोडसेडिङ समेत घटिरहेको छ ।
प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले कुनै समय विद्युत् चुहावट बढी हुने जिल्लामा परेको चितवन अहिले कम हुने जिल्लामा परेको बताए । वर्सेनि विद्युत् चुहावट हुनेक्रम घटेको उनले जानकारी दिए । ‘अघिल्ला वर्षहरुमा विद्युत् चोरी धेरै हुने गरेको थियो ।
त्यसकारण पनि चुहावट धेरै हुन्थ्यो । अहिले भइरहेको विद्युत् चुहावट नियन्त्रण अभियानको सक्रियताले अहिले चुहावट निक्कै कम भएको छ’ उनले भने, ‘चुहावट लाई शून्यमा झार्न त सकिदैन । कुनै उपभोक्ताले चोरी नगरे पनि प्राधिकरणको प्राविधिक कारणले विद्युत् वितरण गर्ने सिलसिलामा केही चुहावट भइहाल्छ ।
प्राधिकरण भरतपुर वितरण केन्द्रको पछिल्लो तथ्यांक अनुसार यो साल विद्युत् चुहावट दुई दशमलव ३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष सात दशमलव नौ प्रतिशत विद्युत् चहुावट भएको थियो । ०६१÷०६२ मा सबैभन्दा बढी उन्नचालीस दशमलव नौ प्रतिशतसम्म विद्युत् चुहावट भएको थियो । ‘नेपाल विद्युत् प्राधिकरण केन्द्रका नीति अनुसार भरतपुर वितरण केन्द्रले कडाइ गर्न थालेपछि ०६८÷ ०६९ सालदेखि विद्युत् चुहावट घट्न थालेको हो’ इन्जिनियर सुनिल पौडेलले भने ।
भरतपुर वितरण केन्द्र अन्तर्गत पश्चिम चितवनका सबै क्षेत्र, मुग्लिन, देवघाट,तनहुँका केही भाग सहित कविलास, दारे चोक र चण्डिभन्ज्याङ पर्छन् । ‘सबैभन्दा बढी पश्चिम चितवनमा विद्युत् चोरी हुने गरेको थियो । चोरी गर्नेलाई समातेर प्रहरी प्रशासनबाटै कारबाही हुन थालेपछि विद्युत् चुहावट अहिले क्रमशः कम हुँदै गएको हो’ इन्जिनियर पौडेलले भने, ‘अहिले हुकिङ राखेर चोरी गर्ने कार्य छैन भन्दा पनि हुन्छ ।
अहिले देखिएको चुहावटको प्रतिशत प्राविधिक कारणले भएको देखिन्छ ।’ केही दिनअघि देवघाट झोंलुगे पुलदेखि जुगेडी पुलसम्म विद्युत् नियन्त्रण गर्ने टोली पुग्दा कतै पनि हुकिङ राखेर चोरी हुने कार्य नभेटिएको विद्युत् प्राधिकरण भरतपुरका अर्का इन्जिनियर ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । मिटर बक्सको छड्के जाँच सुरू पछिल्लो समय हुकिङ राखेर भन्दा मिटर बक्स बाट चोरी हुनेक्रम बढेपछि विद्युत् प्राधिकरण भरतपुरले मिटर बक्सको छड्के जाँच सुरू गरेको छ ।
मिटर बाट चोरी हुनेक्रम रोक्न मिटरको छड्के जाँच गरिएको इन्जिनियर श्रेष्ठले बताए । उनले भने, ‘चोरीका कारणले एक प्रतिशत पनि विद्युत् चुहावट हुने क्रमलाई रोक्न प्राधिकरण लागि परेको छ । पछिल्लो समय ठाउँठाउँमा गएर मिटरको छड्के जाँच गरेका छौँ ।’छड्के जाँच गर्दा विभिन्न उद्योग कलकारखानाहरुले स्वीकृत क्षमताअनुसारको एमसीबी र एमसीसीबी नरभेटिएको प्राधिकरण भरतपुरका इन्जिनियर सुनिल पौडेलले बताए । ‘नियमविपरीत कार्य गरेको जोकोहीको मिटर बक्स काटेर ल्याइएको छ ।
भोलिपल्ट अब गल्ती गर्दैनौँ भनेर लिन नआई सुखै पाउँदैनन् ।’चोरी गर्नेलाई धमाधम कारबाही विद्युत् चोरी गर्ने लाई धमाधम कारबाही थालिएको विद्युत् प्राधिकरण भरतपुरले जनाएको छ । गत वर्ष विद्युत् चोरी गर्ने १९० जनालाई कारबाही गरिएको थियो । प्राधिकरणले यही वर्ष साउन देखि यता विद्युत् चोरी गर्ने १० जनालाई कारबाही गरिसके को छ । ‘विद्युत् चोरी नियन्त्रण गर्ने टोली , जनपथ प्रहरी र सशस्त्र प्रहरी पनि हुकिङ थुत्ने काममासक्रिय भएका छन् ।
प्रहरीबाट विद्युत् चोरी गर्ने लाई कडा कारबाही गर्न थालेपछि चुहावट घटेको हो’ इन्जिनियर ईश्वरकुमार श्रेष्ठले बताए । १६८ वटा ट्रान्सफर्मर जले गतवर्ष विद्युत् प्राधिकरण भरतपुरअन्तर्गत रहेका १६८ वटा ट्रान्सफर्मर जलेका छन् । क्षमताभन्दा बढीको एमसीबी राख्ने र मिटरबाट चोरी गर्नेजस्ता क्रियाकलापले गत वर्ष धेरै ट्रान्सफर्मर जलेको विद्युत् प्राधिकरण भरतपुरले जनाएको छ ।
एका तिर विद्युत् चोरी कम भए पनि क्षमताभन्दा बढी को एमसीबीले ट्रान्सफर्मर खाएका हुन् भने अर्को तिर केही ट्रान्सफर्मर पुराना पनि थिए’ इन्जिनियर श्रेष्ठले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्