Skip to content
LAXMI SUNRISE BANK

गरिमा बैंकले गर्यो लोभलाग्दो प्रगति

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – गरिमा विकास बैंकले चालु आर्थीक बर्षको दोस्रो त्रैमासमा करिब ७८ प्रतिशतले खुद मुनाफा बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा ८ करोड ९९ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधीमा १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 
यस अवधिमा बैंकले तुलनात्मक रुपमा ठुलो परिमाणमा निक्षेप संकलन गर्न सफल भएको छ। यस अवधिमा बैंकले १३ अर्ब ३७ करोड निक्षेप संकलन गरि ११ अर्ब ७० करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ७ अर्ब २५ करोड निक्षेप संकलन गरि ६ अर्ब ३२ करोड कर्जा परिचालन गरेको थियो। बैंकल निक्षेप संकलनमा ८४ तथा कर्जा परिचालनमा ८५ प्रतिशतले बढोत्तरी गरेको छ। 
यस अवधीमा बैंकले ७७ दशमलब ५१ प्रतिशतले बढाएर ३४ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै ७७ प्रतिशतले बढेर २५ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ। 
यस अवधिमा बैंकको चुक्ता पुंजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ भन ६१ करोड ८८ करोड रुपैयाँ जगेडा कोषमा छुट्याएको छ। बैंकले ३ करोड ७५ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब २९ प्रतिशतबाट बढेर शुन्य दशमलब ८९ प्रतिशत पुगेको छ। 
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा, प्रति सेयर नेटवर्थ १५७ रुपैया, मूल्य आम्दानी अनुपात १३ दश्मलब १४ गुणा र सिडी रेसियो ७७ दशमलब ७३ प्रतिशत रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK